कांग्रेसको दमक नगर सभापतिमा खनाल निर्वाचित
दमक, असोज ९ । झापाको दमक नगर कार्यसमितिको आज भएको निर्वाचनबाट नगर समिति सभापतिमा युवराज सागर खनाल विजयी भएका छन् । निर्वाचनमा सभापतिका अन्य दुई उम्मेदवारभन्दा बढी मत ल्याएपछि खनाल सभापति भएका हुन् । सभापतिका प्रत्यासी प्रेम भट्टराइले ५९, राजेन्द्र सिटौलाले १ सय ३९ मत ल्याउँदा खनालले १ सय ६५ मत ल्याएका थिए । केही मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खनाल नगरको निवर्तमान उपसभापति थिए । उम्मेदवारी घोषणा गरेपछि उनले सभापति भएपछि आफूले सबैलाई मिलाएर लाने र…

