चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा
काठमाडौ ।नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ। यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन्। यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो चलचित्र आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए। उनले…

