NRNA NCC अमेरिकामा निर्वाचन अन्योलबीच प्रतिस्पर्धा चर्किँदै, न्यूयोर्क च्याप्टरमा तामाङ–पाण्डे समूहबीच तीव्र प्रतिस्पर्धा
अक्कल तामाङ | गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को निर्देशनअनुसार विश्वभर एकै मितिमा निर्वाचन सम्पन्न गर्ने प्रक्रियामा अघि बढिरहेका बेला, NRNA राष्ट्रिय समन्वय परिषद् (NCC) अमेरिका भने आन्तरिक मतभेदका कारण विवादमा फसेको छ। निर्वाचनलाई लिएर दुई पक्षबीच प्रतिस्पर्धा चर्किएको छ । एक पक्षले ICC को निर्देशन अनुसार तोकिएको मितिमा उम्मेदवारी दर्ता गरिसकेको छ भने, अर्को पक्षले ICC को निर्देशन नमानी स्वतन्त्र रूपमा अर्को मिति तय गरेर निर्वाचन गर्ने घोषणा गरिसकेको छ । ICC को निर्देशन मानेर उम्मेदवारी…

