पाँचखालका मेयर खरेलद्धारा २० लाख रुपैयाँ बाढीपीडितलाई सहयोग, बाँकी तलब पनि सेवामा नै लगाउने
काठमाडौं, भदौ २१ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले सुवाको बाढीपीडितका लागि २० लाख रुपैंयाँ सहयोग गरेका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आगामी दिनमा पनि जनताको सेवामा नै समर्पित हुने पनि जनाएका छन् । नेपाली कांग्रेसका नेता खरेलले नगरपालिकामा दोस्रो कार्यकालको पनि नेतृत्व लिइरहेका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयर भएका थिए । उनले निर्वाचनको बेला आफूले गरेको बाचा पूरा गर्ने क्रममा यो सहयोग गरेको उल्लेख गरेका छन् । उनले ‘पदले दिएको तलब…

