आफैं उपस्थित भएर सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र नवीकरण गर्न गौरादह नगरपालिकाको अनुरोध
झापा, साउन २० । झापाको गौरादह नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्न अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले असार ३२ गते एक सूचना जारी गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरुलाई साउन १ गतेदेखि असोज मसान्तसम्ममा सम्बन्धित वडा कार्यालयमा गई परिचयपत्र नवीकरण गर्न अनुरोध गरेका छन् । सूचनामा सो प्रमाणपत्र नवीकरणका लागि चाहिने कागजात पनि स्पष्ट रुपमा लेखिएको छ । नगरपालिकाले आफैं वडामा उपस्थित भएर परिचयपत्र नवीकरण गर्न भनेको छ । नगरपालिकाले राष्ट्रिय परिचयपत्रमा आधारित…

