बुढानीलकण्ठ नगरपालिकाले जुत्ता बनाउने तालिम सञ्चालन गर्ने, निवेदन दिने अन्तिम दिन आज
काठमाडौं, साउन २१ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले नगरभित्रका युवालाई सीपमूलक तालिममार्फत रोजगारीसँग जोड्ने उद्देश्यले जुत्ता बनाउने सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले साउन १४ गते सार्वजनिक गरेको सूचनाअनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत आन्तरिक रोजगारी सिर्जना तथा प्रवद्र्धन गर्ने लक्ष्यसहित चाँगुनारायण फाउन्डेसनको सहकार्यमा २० जना सहभागीका लागि जुत्ता बनाउने तालिम सञ्चालन गर्न लागिएको हो । तालिममा सहभागी हुन इच्छुक बुढानीलकण्ठ नगरपालिकाका १८ देखि ३५ वर्ष उमेर समूहका नागरिकले सूचना प्रकाशित भएको मितिले…

